तुलसीपुर – आफ्नै श्रीमती २६ वर्षीया बिपना रेग्मी पोख्रेलको हत्या गरेको आरोपमा तुलसीपुर उपमहानगरपालिका ७ श्रीगै बस्ने २६ वर्षीय पदम पोख्रेललाई प्रहरीले पक्राउ गरेको छ ।
आपसी झगडामा पदमले आफ्नै श्रीमतीलाई ढुङ्गाले हान्दा टाउकोमा लागेर गम्भीर घाइते भएका थिए । घाईते श्रीमतीलाई उपचारको लागि प्रादेशिक अस्पताल तुलसीपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।
उत्त खबर प्राप्त गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।


