पोखरा – गण्डकी प्रदेशका ३ जना साँसदलाई कोरोना संक्रमण पुष्टी भएको छ ।
संक्रमण पुष्टी हुनेमा सत्तारुण दल नेकपा एमालेका २ जना र नेपाली काँग्रेसका १ जना साँसद रहेका छन् । संक्रमण देखिनेमा एमालेका राजीव पहारी र प्रभा कोइराला तथा नेपाली काँग्रेसकी मनकुमारी गुरुङलाई संक्रमण देखिएको हो ।
आज हुने संसद बैठकमा उनीहरुले बोल्न पाउने छैनन् तर मतदान गर्न भने पाउने छन् । संसद आज दिउसो १ः०० बजे देखी सुचारु हुने छ ।
एमालेका साँसदहरुले हिजो कोरोना परिक्षण बिना संसद चल्न नदिने भने पछि सबै साँसदहरुको हिजै नै स्वाब लिएर परिक्षण गरिएको थियो । साँसद, कर्मचारी तथा सुरक्षकर्मी गरी १५३ जनाको स्वाब परिक्षणका क्रममा १ जना कर्मचारी सहित ४ जनाको आज बिहानै आएको रिर्पोटमा संक्रमण देखिएको हो ।


