पोखरा – पोखरा विश्वविद्यालले जारी परीक्षा र मिति तोकिएका परीक्षाहरु अर्को सूचना जारी नहुन्जेलका लागि भन्दै स्थगित गरेको छ ।
विश्वविद्यालय परीक्षा समितिको बैठकले कोभिड १९ संकट ब्यवस्थापन केन्द्रले पनि परीक्षा स्थगित गर्न सिफारिस गरेको सन्दर्भमा परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।
सीसीएमसीले सबै प्रकारका परीक्षाहरु बन्द गर्ने निर्णय गरेको छ । भौतिक रुपमा हुँदै आएका सबै परीक्षा अर्को आदेश नभएसम्मका लागि स्थगित गर्ने निर्णय सीसीएमसीको आइतबार बसेको बैठकले गरेको हो ।
यस्तै, बैठकले देशभरका विद्यालय तथा शिक्षालयमा भौतिक उपस्थित नभइ भर्चुअल रुपमा पठन–पाठन गर्नरगराउन पनि निर्देशन दिएको छ । वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गर्न पनि सीसीएमसीले निर्देशन दिएको थियो ।
सीसीएमसीको सिफारिसलाई अन्तिम रुप दिएर निर्णय गर्न मन्त्रिपरिषद्को बैठक आज साँझ ५ बजे बस्दैछ ।




















