काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिडû१९)को संक्रमण उच्च भएको काठमाण्डौं, ललितपुर र भक्तपुरमा निषेधाज्ञा जारी गर्ने तयारी भएको छ ।
उपत्यकाको ३ वटै जिल्लामा आगामी बुधबार अर्थात १५ गते देखि लागू हुने गरी निषेधाज्ञा लागू गर्न लागिएको हो । यो अवधिमा आन्तरिक उडान देखी सार्वजानिक यातायात पूर्ण रुपमा बन्द गर्ने तयारी भईरहेको छ ।
कोभिड १९ संकट व्यवस्थापन केन्द्र अर्थात सीसीएमसीको आइतबारको बैठकले मन्त्रिपरिषद्लाई सिफारिस गरेअनुसार उपत्यकाकामा निषेधाज्ञा जारी हुन लागेको हो ।
सीसीएमसीले सरोकारवाला मन्त्रालय र प्रमुख जिल्ला अधिकारीहरुलाई यससम्बन्धी आन्तरिक परिपत्रसमेत गरिसकेको छ ।
सीसीएमसीको प्रस्ताव अनुसार निर्णय गर्न अहिले उपत्यकाका ३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक बस्दै छ ।


