पोखरा – गण्डकी प्रदेश सभाको विशेष संसद् अधिवेशन आज बाट शुरु हुँदैछ ।
अविश्वासका प्रस्ताव आउने आशंकामा बैशाख १ गते नै अधिवेशन अन्त्य भएको प्रेदशको आजबाट पुनःअधिवेशन शुरु हुन लागेको हो ।
मृख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले आफु विरुद्व अविश्वासको प्रस्ताव दर्ता हुने डरले बन्द गरेको अधिवेशन संसदमा प्रतिनिधित्व गर्ने अन्य दलहरुले विशेष अधिवेशनको माग गर्दै प्रदेश प्रमुख अमिक शेरचनसमक्ष समावेदन गरे पछि आजबाट पुनः संसद अधिवेशन हुन लागेको हो ।
आजबाट शुरु हुने अधिवेशनमा मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्ताव टेबुल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
आइतवार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले तयार पारेको कार्यसूचीअनुसार आज प्रस्तावित कांग्रेस मुख्यमन्त्री कृष्णचन्द्र नेपाली बोल्नेछन् । त्यसपछि अरु प्रदेशसभा सदस्यले बोल्न समय पाउनेछन् ।
प्रदेशसभा सचिवालयकाअनुसार अविश्वासको प्रस्तावमाथि छलफल सकिएपछि बल्ल मतदान हुनेछ ।
अविश्वासको प्रस्तावमा २८ जनाको हस्ताक्षर छ । राष्ट्रिय जनमोर्चाले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका छैनन भने यता जनता समाजबादीले भने आफुहरुको माग पुरा नभए सरकार सहभागी नहुने जनाएको छ ।
प्रदेशमा २७ सदस्य रहेको एमालेको साथ जनमोर्चाले छोडेपछि मुख्यमन्त्री गुरुङ अल्पमतमा परेका हुन् । ६० सदस्यीय प्रदेश सभामा बहुमत पुर्याउन ३१ मत आवश्यक पर्छ ।
जस मध्ये एमाले २७, कांग्रेस १५, माओवादी केन्द्र १२, जनमोर्चा ३, जनता समाजवादी पार्टी २ र स्वतन्त्र १ जना सांसद छन् ।


