काठमाण्डौं – उपत्यकाका ३ वटा जिल्ला प्रशासन कार्यालय साता दिनकोलागि बन्द भएका छन् ।
उपत्यकामा कारोना संक्रमण बढ्दै गएको भन्दै ३ वटै जिल्लाका सिडियो अफिस अत्यावश्यक बाहेकका सेवा साता दिनका लागि बन्द गरिका छन् ।
आइतबार बसेको काठमाण्डौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले जिल्ला प्रशासन कार्यालयबाट प्रदान हुने अत्यावश्यक बाहेकका सेवा साता दिनकालागि बन्द गर्ने निर्णय गरेको हो ।


