काठमाण्डौ – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज नेपालमा थप ३ हजार १२२ जनामा संक्रमण पुष्टि भएको छ ।
देशभरको विभिन्न प्रयोगशालामा गरिएको ९ हजार २९२ नमुनाको पिसिआर परीक्षण गर्दा ३ हजार ३२ जना र ७८६ जनामा गरिएको एन्टिजेन परीक्षणका ९० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो ।
यो सहित नेपालमा संक्रमितहरुको कुल संख्या ३ लाख २०९ जना पुगेको मन्त्रालयले जनाएको हो । आज संक्रमण देखिएका मध्ये काठमाण्डौंमा १ हजार १३२ जना, ललितपुरमा २७० जना र भक्तपुरमा ९६ जनामा संक्रमण देखिएको हो ।
मन्त्रालयले जनाए अनुसार देशभर २५२ जनाको आइसियु तथा ६५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।




















