एजेन्सी – भारतमा केही दिन यता देखिएको दोश्रो लहरको कोरोना भाइरसका कारण हरेन दिन संक्रमितहरुको संख्या बढ्दो क्रममा छ । भारतमा करिब ३ लाख ५० जनामा संक्रमण पुष्टि भएको छ ।
भारतीय सञ्चार माध्यामले जनाए अनुसार पछिल्लो २४ घण्टामा ३ लाख ४९ हजार ६९१ जनामा संक्रमण पुष्टि भएको हो । यो सहित भारतमा संक्रमितहरुको संख्या १ करोड ६९ लाख ६० हजार भन्दा धेरै पुगेको छ ।
पछिल्लो २४ घण्टामा मात्रै पनि भारतमा संक्रमण बाट २ हजार ७६७ जनाको मृत्यु भएको छ । अहिलेसम्म संक्रमणका कारण १ लाख ९२ हजार ३११ भारतीयको मृत्यु भइसकेको छ ।
भारतमा शुक्रबार मात्रै पनि ३ लाख ४६ हजार ७८६ जनामा संक्रमण देखिएको थियो भने २ हजार ६२४ जनाको मृत्यु भएको थियो ।
अहिलेसम्म १४ करोड ९ लाख १६ हजार भन्दा भारतीयहरुले कोरोना विरुद्धको पहिलो डोज खोप लगाएका छन् । भारतमा २६ लाख ८२ हजार भन्दा धेरै संक्रिय संक्रमित रहेको भारतीय सकारले पुष्टी गरेको छ ।




















