पोखरा – राष्ट्रिय समाचार समिति (रासस) गण्डकी प्रदेश कार्यालय पोखरामा कार्यरत सहायक समाचारदाता हरि बास्तोला सहित विभिन्न ७ जनालाई पोखरामा सम्मानित गरिएको छ ।
माझठाना पोखरा सम्पर्क समाजको पाँचौ साधारण सभा एवम् तेश्रो अधिवेशनको अवसरमा राससकर्मी बास्तोला सहित अन्य ७ जनालाई सम्मान गरिएको हो ।
पोखरा २८ माझठानामा जन्म भई हाल विभिन्न सामाजिक तथा पेशागत क्षेत्रमा रहेर समाजका लागि योगदान पु¥याएकामा प्राध्यापक डा.मानबहादुर के.सी, डा.निर्मल लामिछाने, पत्रकार केशवशरण लामिछाने, खिमबहादुर गुरुङ, सूर्यप्रकाश तिवारी र गणेश सुनारलाई कार्यक्रममा सम्मानित गरिएको हो ।
पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले सम्मानित व्यक्तिहरुलाई खादा र सम्मानपत्रले सम्मान गर्दै व्यक्तिको सिप र क्षमताको पहिचान गरी समाज विकासमा उपयोग गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा मेयर जिसीले समाजद्धारा प्रकाशित नववर्ष २०७८ को भित्तेपात्रोको लोकार्पण समेत गरेका थिए ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नं २८ का वडाध्यक्ष निर्मल दियाली र १२ वडाध्यक्ष रामबहादुर कार्की, समाजका अध्यक्ष दुर्गादत्त भुर्तेल, नेकपा एमालेका भोलानाथ त्रिपाठी, नेपाली कांग्रेसका विकास गुरुङ, माओवादी केन्द्रका यज्ञप्रसाद तिवारी, संस्थापक अध्यक्ष श्रीकृष्ण लामिछाने, समाजका उपाध्यक्ष दयाराम तिवारी र सचिव भोलानाथ ओझा लगायतले समाजको महत्व र आवश्यकता माथि चर्चा गरेका थिए ।




















