काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज थप २ हजार ६१८ जनामा संक्रमण पुष्टि भएको छ ।
देशभरका विभिन्न प्रयोगशालामा ८ हजार ६६८ नमुनाको पीसीआर परिक्षण गर्दा २ हजार ४८६ जनामा र सीमा नाकाहरुमा १ हजार १४३ जनाको एन्टिजेन टेष्ट गर्दा १३३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो । योसँगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ९७ हजार ८७ पुगेको छ ।
नेपालमा हाल १६ हजार ८२८ संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
थप १४ को मृत्यु
पछिल्लो २४ घण्टामा संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । योसँगै संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १३६ जना पुगेको छ ।
कहाँ कति थपिए संक्रमित ?
मन्त्रालयका अनुसार सबभन्दा धेरै काठमाडौंका ६४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै बाँकेका ३५२ जना, रुपन्देहीका २६८ जना, दाङका १७२ जना र ललितपुरका १४१ जनामा संक्रमण देखिएको छ ।


