एजेन्सी – भारतमा कोरोना भाइरसका कारण एकै दिनमा ३ लाख ३२ हजार भन्दा बढी संक्रमित भएका छन् । यो अहिले सम्मकै संक्रमणको उच्च रेकर्ड हो ।
शुक्रबार बिहान भारत सरकारले सार्वजनिक गरिएको रेकर्ड अनुसार पछिल्लो २४ घन्टा ३ लाख ३२ हजारभन्दा बढी नागरिक सङ्क्रमित भेटिएका हो ।
त्यसैगरी गएको २४ घन्टा यता २ हजार २६३ जनाको ज्यान गएको छ । भारतमा संक्रमणकै कारण मृत्यु हुनेको संख्या अहिले सम्मकै बढी हो ।
भारतमा १ करोड ६२ लाखभन्दा बढी व्यक्ति संक्रमित भईसकेका छन् । संक्रमणबाट १ लाख ८६ हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ ।
कोरोना माहामारी शुरु भएयता विश्वमा भएका सङ्क्रमणको तुलनामा यो ठूलो संख्या भएको सरकारी तथ्याङ्कले पुष्टी गरेको छ ।


