काठमाण्डौँ – नोबल कोरोना भाइरस (कोभिड–१९)का कारण आज थप २ हजार ५५९ जनामा संक्रमण पुष्टि भएको छ ।
देशभरका विभिन्न प्रयोगशालामा गरिएको ९ हजार ६६४ जनाको पिसिआर परीक्षण गर्दा २ हजार ५५९ जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो । यो सहित नेपालमा संक्रमितहरुको सख्या २ लाख ९४ हजार ६०१ पुगेको छ ।
हालसम्म २ लाख ७६ हजार ५७५ संक्रमित निको भइसकेका छन् । साथै नेपालमा सक्रिय संक्रमितको सख्ंया १४ हजार ७२४ पुगेको छ ।


