काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज नेपालमा थप २ हजार ४२८ जनामा संक्रमण पुष्टि भएको छ ।
देशभरको विभिन्न प्रयोगशालामा पछिल्लो २४ घन्टामा १० हजार १ नमूनाको पीसीआर परिक्षण गर्दा र ४४७ जना र एन्टिजेन प्रविधिबाट जाँच गराउँदा १ हजार ९८१ जनामा गरी कुल २ हजार ४२८ जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो ।
बुधबार मात्रै पनि २ हजार ३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
थप ५ को मृत्यु
पछिल्लो २४ घन्टामा संक्रमणका कारण थप ५ जनाको मृत्यु भएको छ । यो सहित मृत्यु हुनेको संख्या ३ हजार ११७ पुगेको छ ।
मन्त्रालयका आज सम्म १२ हजार ६९० जना सक्रिय संक्रमित छन् । आज सम्म कोरोनाबाट मुक्त हुनेको संख्या भने २ लाख ७६ हजार ३४५ पुगेको छ । ८१ जना आइसीयूमा उपचारत छन् ।


