काठमाण्डौं – प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३२ सांसदलाई कारबाही प्रक्रिया अगाडि बढाएपछि नेपाल समूह सर्वोच्च अदालत पुगेका छन् । उनीहरुले ३२ सांसदहरू माथिको कारबाही रोक्न माग गर्दै अदालत रिट दर्ता गरिएका हुन् ।
नेता नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेले प्रधानमन्त्री ओली, महासचिव ईश्वर पोखरेललाई विपक्षी बनाएर रिट दायर गरीएको छ । रिटको प्रारम्भिक सुनुवाइका लागि आइतबारलाई पेसी तोकिएको सर्वोच्चले जनाएको छ ।
ओलीले नेपालसहित २७ संघीय र ५ कर्णाली प्रदेशका सांसदलाई स्पष्टीकरण सोधेको थियो ।
सर्बोच्चमा माधवकुमार नेपाल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र भीम रावलको तर्फबाट संयुक्तरूपमा पेस गरिएको १४ बुँदे मागसहितको रिटमा आफूहरूमाथि गर्न लागिएको निष्कासनको कारवाही उत्प्रेषण, प्रतिशोधको आदेशद्वारा बदर तथा रोक्का गरिपाउँ भनिएको छ ।
ती नेताहरूले निर्वाचन आयोगमा कायम रहेको एमालेका अभिलेख र विवरणमा कुनै परिवर्तन नगर्नु नगराउनु भन्ने परमादेश आयोगका नाममा समेत जारी हुनुपर्ने माग गरेका छन् ।




















