एजेन्सी – केही दिन यता कोरोना भाइरसका कारण भारतमा महामारी नै फैलिएको छ ।
भारतमा २४ घण्टामा ३ लाख भन्दा बढि संक्रमित थपिएको हो । अहिलेसम्म भारतमा १ करोड ५९ लाख भन्दा धेरै संक्रमित भएका छन् ।
संक्रमकै कारण पछिल्लो २४ घण्टामा भारतमा २ हजार १०४ जनाको मृत्यु भएको छ । यो सहित संक्रमणका कारण १ लाख ८४ हजार भन्दा धेरैको मृत्यु भएको छ ।
भारतमा हाल सक्रिय संक्रमितको संख्या २२ लाख ९१ हजार भन्दा बढि पुगेको छ।




















