काठमाण्डौ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्दै आएको ‘स्टिङ अप्रेसन’लाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गर्दै उक्त अप्रेसन खारेज गर्न निर्देशन दिएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वको संवैधानिक इजलासले घुस दिएर अनुसन्धान गर्न पाउने अख्तियारको नियमावली नै खारेज गरिदएको हो ।
सर्वोच्चको यो आदेश संगै अब अख्तियार दुरुपयोग अनुसन्धान आयोग नियमावली, २०५९ को नियम ३० खारेज भएको छ ।
‘फैसलामा सर्बोच्च अदालतले भनेको छ अतः अख्तियार दुरुपयोग अनुसन्धान आयोग नियमावली, २०५९ को नियम ३० मा रहेको प्रावधान नेपालको संविधानको धारा १३३ को उपधारा ९१० बमोजिम आजका मितिले लागू हुने गरी अमान्य र बदर हुने ठहर्छ ।
अख्तियारको नियमावलीमा घुस रिसवतवापत रकम उपलब्ध गराएर अनुसन्धान गर्न पाउने उल्लेख छ।




















