काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९) आज नेपालमा थप २ हजार ३५१ जनामा संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा गरिएको ८ हजार ८८४ नमुनाको पीसीआर परीक्षण गर्दा २ हजार २२० र ८०३ जनाको एन्टिजेन टेष्ट गर्दा १३१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो ।
उपत्यकामा १ हजार ५१ जनामा संक्रमण
राजधानीमा आज १ हजार ५१ जनामा कोरोना संक्रमण देखिएको छ । केही दिन यता देखी देखिएको कोरोना संक्रमणले उपत्यकामा नराम्ररी प्रभाव पारेको छ ।
उपत्यकामा संक्रमण देखिएका मध्ये काठमाण्डौंका ७८६ जना, ललितपुरका १८१ जना र भक्तपुरका ८४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
देशभर कोरोना सक्रिय संक्रमितको संख्या १० हजार ५८२ पुगेको छ ।




















