बाँके – बाँकेको नेपालगञ्जमा बुधबार मध्यरातिबाट लकडाउन लागु गरिएको छ ।
नेपालगञ्ज उपमहानगर क्षेत्रभरका लागि वैशाख ८ गते मध्यरातिदेखि वैशाख १५ गते मध्यरातिसम्म लकडाउन गराउने निर्णय गरिएको हो ।
कोरोना संक्रमणको फैलावटलाई रोक्ने उद्वेश्यका साथ कोरोना रोकथाम र नियन्त्रणका लागि लकडाउन गर्नु परेको जिल्ला प्रशासन कार्यालय बाँके जनाएको छ ।
लकडाउनमा अत्यावश्यक सवारी साधनबाहेक अन्य सबै प्रकारका सेवा सञ्चालनमा रोक लगाइएको छ । हिँड्डुलमा समेत निषेध गरिएको छ ।
बाँकेमा बुधबार बिहानसम्म सक्रिय संक्रमित ७३५ पुगेको छ भने अस्पतालहरु बिरामीले भरिन थालेको छ ।




















