काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)का कारण आज नेपालमा थप ९०० जनामा संक्रमण पुष्टि भएको छ ।
देशको विभिन्न प्रयोगशालामा ६ हजार १५८ जनाको स्वाव परीक्षण गर्दा पीसीआरबाट ८३६ र एन्टिजेनबाट ६४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो । योसंगै नेपालमा संक्रमितहरुको कूल संख्या २ लाख ८२ हजार ८९० जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । यो सहित संक्रमणका कारण मृत्युहुनेहरुको संख्या ३ हजार ७० पुगेको छ ।




















