काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज नेपालमा थप ५३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशको विभिन्न प्रयोगशालामा गरिएको ३ हजार ५८८ जनामा गरिएको पीसीआर परीक्षणबाट ४९० जना र ५६४ जनामा गरिएको एन्टिजेन परीक्षणमा ४४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो ।
संक्रमण देखिएका मध्ये काठमाण्डौं जिल्लामा १४५ जना, ललितपुरमा ४३ जना, कास्कीमा ३८ जना, बाँकेमा ८९ जना, मोरङ र दाङमा १३/१३ जना, रुपन्देहीमा १६ जना, महोत्तरी र बाग्लुङमा १०/१० जनामा संक्रमण पुष्टि भएको छ ।
योससँगै देशभर कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या २ लाख ८२ हजार ५४ पुगेको छ ।
थप ५ को मृत्यु
कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको छ । योससँगै संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ३ हजार ६६ पुगेको छ ।


