तनहुँ – दमौली सैनिक दौडिरहेको दृश्य खिच्ने क्रममा अन्नपूर्णका तनहुँ संवाददाता पवन पौडेलमाथि भएको दुर्व्यवहारप्रति प्रेस युनियनले निन्दा गरेको छ ।
बुधबार बिहान व्यास ५ चापाघाट तनहुँस्थित नेपाली सेनाको कालीभञ्जन गणका क्याप्टेन विजय थापाले दमौली भेट्घाट चोकस्थित सार्वजनिक सडकमा ट्रयाक सुट लगाएर दौडिरहेको दृश्य खिचेका अन्नपूर्णकर्मी पौडेलमाथि दुव्र्यवहार गरेका थिए ।
उनले एक्कासी पौडेलको क्यामेरा खोसेर दृश्य हटाउनुका साथै दुव्र्यवहार गरेकोप्रति युनियनले आपत्ति जनाएको हो ।
क्याप्टेन थापाले फोटो र भिडियो खिच्न पाइँदैन भन्दै एक्कासी खिचेको फोटो र भिडियो हटाउन लगाएका थिए । घटनाको नेपाल प्रेस युनियन, तनहुँले निन्दा गरेको हो । युनियनका जिल्ला अध्यक्ष अमरराज नहर्कीले विज्ञप्ति सार्वजनिक गदै घटनाको निन्दा गरेका हुन् ।
सञ्चार जगत समेतको सक्रिय सहभागीतामा देशमा लोकतन्त्र अभ्यासमा रहेका बेला यसरी सार्वजनिक स्थलमा रिपोर्टिङकै क्रममा पत्रकारमाथि हुने दुव्र्यवहारले लोकतन्त्रलाई नै गिज्याएको विज्ञप्तिमा उल्लेख छ । यस्ता घटनाले लोकतन्त्र र कानुनी शासनको उपहास गर्दै निरंकुशतालाई बढावा दिने र प्रेस स्वतन्त्रतालाई झनै अंकुशमा पार्ने युनियनले ठहर गरेको छ ।
विज्ञप्तिमा नेपालको संविधानमा मौलिक हक अन्र्तगत प्रस्तावनामै उल्लेखित पूर्ण प्रेस स्वतन्त्रतालाई खिल्ली उडाउँदै घटाइएको यो घटना प्रेस स्वतन्त्रतामाथिको ज्यादती भएको ठहर गरिएको छ ।
घटनामा संलग्न सैनिक अधिकारीमाथि तत्काल कानुनी कारवाही गर्न र विधिको शासन, लोकतन्त्र र प्रेस स्वतन्त्रताको उपहासका घटना नदोहो¥याउन विज्ञप्तिमा माग गरिएको छ ।
गणका गणपति विनोद गुरुङले क्याप्टेन थापाबाट गल्ती भएको स्वीकार गरेका छन् । ‘नियत खराब होइन,’ उनले भने,‘तर गल्ती भएकाले क्षमायाचना गर्दछौं ।’
साभार अन्नपूर्ण




