गोरखा – लमजुङको हावा खोलामा आज पौडी खेल्ने क्रममा १ जनाको मृत्यु भएको छ भने अर्का १ जना वेपत्ता भएका छन् ।
नाम, थर र वतन खुल्न नसकेका अन्दाजी १६÷१७ बर्षका युवकहरु मस्र्याङदी गाउँपालिका ३ को थाकनमा रहेको हावा खोला पौडी खेल्ने क्रममा १ जनाको मृत्यु भएको हो भने अर्का १ जना वेपत्ता भएको लमजुङ प्रहरीले पुृष्टी गरेको हो ।
बुधबार दिउसो ३ बजे भएको उत्त घटनामा स्थानियले प्रहरीलाई खबर गरेका थिए । अर्का १ जनाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।




















