काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज नेपालमा थप ६०३ जनामा संक्रमण पुष्टि भएको छ ।
देशको विभिन्न प्रयोगशालामा गरिएको ४ हजार २८९ स्वाब परिक्षण गदा ५८० र ४५१ जनाको एन्टीजेन परिक्षणमा २३ जनामा गरी कुल ६०३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो ।
अहिले आईसीयूमा ८० जनाको उपचार भइराखेको छ भने २५ जना भेन्टिलेटरमा छन् । नेपालमा कोरोना जित्नेको संख्या ७९ दशमलव ५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
संक्रमण देखिएका मध्ये उपत्यकामा मात्र २५४ जनामा भएको मन्त्रालयले जनाएको छ ।




















