पोखरा – राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ ।
चित्रबहादुर केसी नेतृत्वको राजमोर्चाले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको हो । जनमोर्चाको यो निर्णय संगै प्रधानमन्त्री ओलीका हस्ती मानिएका मुख्यमन्त्री गुरुङ सहितको सरकार ढल्ने निश्चित भएको छ ।
राष्ट्रिय जनमोर्चाले समर्थन फिर्ता लिएसँगै गण्डकी प्रदेश सरकार अल्पमतमा परेको छ । बुधबार जनमोर्चाका अध्यक्ष केसीले प्रेस वक्तव्य जारी गरेर प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेका हुन् ।
उनले मुख्यमन्त्रीमा माओवादी केन्द्र र नेपाली कांग्रेस जुन आए पनि जनमोर्चाको समर्थन रहने पनि प्रष्ट्याएका छन् । तर त्यो सरकारमा आफूहरु सहभागी भने नहुने उनले बताएका छन् ।
गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चाका ३ प्रदेश सभा सदस्य छन् ।




















