प्यूठान – प्यूठानमा भएको जिप दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ५ पुगेको छ।
जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारीहरु सवार लु. १ ज १६५५ नम्बरको जिप दुर्घटना हुँदा घटनास्थलमै २ जना र उपचारको क्रममा ३ जना गरी ५ जनाको मृत्यु भएको प्यूठान प्रहरीले पुष्टी गरेको हो ।
मृत्यु हुनेमा जिल्ला प्रशासन कार्यालय गुल्मीमा कार्यरत प्रशासकीय अधिकृत ३९ वर्षीय श्याम न्यौपाने, सवारी चालक २२ वर्षीय केशव कार्की, नायव सुब्बा ईश्वरी भण्डारी, खरिदार यमलाल पन्थी र सूर्य पन्थी रहेका छन् ।




















