एजेन्सी – भारतमा अहिलेसम्मकै सर्वाधिक धेरै कोरोना संक्रमित थपिएका छन् ।
भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ लाख ८४ हजार ३७२ जना संक्रमित थपिएका हुन् ।
यो अवधिमा मृत्यु हुनेको संख्या १ हजार नाघेको छ । मन्त्रालयका अनुसार एकैदिन १ हजार २७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।
भारतमा अहिलेसम्म १ करोड ३८ लाख ७ हजार भन्दा धेरै संक्रमित भएका छन् । उनीहरुमध्ये १ लाख २७ हजार भन्दा धेरैको संक्रमणका कारण मृत्यु भएको छ ।
कोरोना संक्रमण बढ्दै जान थालेको भन्दै भारतका विभिन्न शहरमा फेरि लकडाउन गर्न सुरु गरिएको छ ।




















