दोलखा – दोलखाको सिँगटीमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।
जिल्लाको बिगु गाउँपालिका ४ को सिंगटीमा वाग्मती प्रदेश ०१०२३ च ७५८० नम्बरको जीप सोमबार राती ११ः०० बजे सिँगटीनजिकैको चारगोलाईमा सडक खस्दा ४ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा ३५ वर्षीय विनोद केसी, ४५ वर्षीय अजिता खत्री, ५२ वर्षीय राधा खत्री र २४ वर्षीय चन्दिका खड्का छन् । उनीहरू सबै बिगु गाउँपालिका वडा नम्बर ३ का भएको दोलखाका प्रहरी जनाएको छ ।
घाइते हुनेमा बिगु गाउँपालिकाकी २७ वर्षीया सविना श्रेष्ठ, तीर्थकुमारी खड्का, कान्छीमाया श्रेष्ठ, तुलाकुमारी श्रेष्ठ, शेरबहादुर श्रेष्ठ, चेतविक्रम खड्का, चन्द्रकुमारी खड्का, श्रीराम खड्का, कविता खड्का छन् ।
यस्तै सुस्मिता श्रेष्ठ, तुलकुमारी श्रेष्ठ, कीर्तनदेवी कार्की, लक्ष्मी बुढाथोकी, उर्मिला खड्का, सलोम खड्का र चालक किशोर खड्का पनि घाइते भएको प्रहरीले जनाएको छ ।
उनीहरूको चरिकोट र धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । केही गम्भीर घाइतेलाई थप उपचारका लागि काठमाण्डौं पठाईएको प्रहरीले जनाएको छ ।
दुउनीहरू सबै तातोपानी कुण्डमा नुहाएर घर फर्कंदै गर्दा दुर्घटनामा परेका हुन् ।
क्षमताभन्दा बढी यात्रु बोकेको र कच्ची बाटोको उकालोमा घुम्ती काट्न नसक्दा दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ ।




















