मकवानपुर – हेटौँडामा करेन्ट लागेर श्रीमान श्रीमतीको मृत्यु भएको छ ।
करेन्ट लागेर हेटौँडा उपमहानगरपालिका ९ शान्तिचोकका ३५ वर्षीय समिर पाख्रिन र उनकी श्रीमती ३० वर्षीया अन्सु पाख्रिनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले पुष्टी गरेको हो ।
घरमा रहेको तारलाई फलामको डण्डीले उठाउने क्रममा थ्री फेस लाइनमा छुन पुगी करेन्ट लागेर गंभिर घाईते पाख्रिन परिवारलाई उपचारका लागि हेटौँडा अस्पताल ल्याइएकामा चिकित्सकहरुले उनीलाई मृत्त घोषित गरेका थिए ।
घटनाको बिषयमा अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।


