दाङ – दाङमा ग्याँस सिलिण्डर पड्किएर १ जनाको मृत्यु भएको छ । खाना बनाउने क्रममा ग्यास सिलिण्डर पडकदा राप्ती गाउँपालिका ३ खुरखुरियाका ६५ वर्षीय परशु नारायण चौधरीको मृत्यु भएको दाङ प्रहरीले पृष्टी गरेको हो ।
हिजो (आइतवार) दिउँसो राप्ती नदीको झोलुङ्गे पुल निर्माण गर्ने कर्मचारी र मिस्त्री बस्ने क्याम्पमा खाना पकाउने क्रममा सिलिण्डर पड्किँदा आफ्नै खेतमा काम गरिरहेको चौधरी गम्भीर घाइते भएका थिए ।
उनको लमही अस्पताल लमहीमा उपचारको क्रममा मृत्यु भएको हो । घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।


