एजेन्सी – केही दिन देखी भारतमा फैलिएको दोश्रो लहरको कोरोना भाइरसले शिथील पार्न थालेको छ । गएको २४ घण्टामात्रै पनि भारतमा १ लाख ५२ हजार ८७९ जना मानिसमा कोरोना संक्रमण पुष्टी भए संगै भारतमा कोरोनाको ठुलो कहर पुनः थपीएको हो ।
विश्व स्वास्थ्य संगठनले जनाए अनुसार भारतमा पछिल्लो २४ घण्टामा भारतमा १ लाख ५२ हजार ८७९ कोरोना संक्रमित थपिएका छन् । भारतमा हालसम्म कोरोना संक्रमितको संख्या १ करोड ३३ लाख ५८ हजार ८०५ पुगिसकेको छ ।
भारतीय तथ्यांक अनुसार हालसम्म १ लाख ६९ हजार २७५ कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।
पछिल्लो २४ घण्टामा मात्रै पनि भारतमा ८३९ कोरोना संक्रमितको मृत्यु भएको भारतीय सरकारले पुष्टी गरेको छ ।




















