काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज नेपालमा थप ३६७ जनालाई संक्रमण पुष्टी भएको छ ।
देशको विभिन्न प्रयोगशालमा गरिएको ३ हजार १२५ स्वाव परिक्षणका क्रममा आइतबार थप ३६७ जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो । आज संक्रमित देखिएका मध्ये ३०३ जना स्वाब परिक्षण र ६४ जना एन्टीजेनबाट देखिएको हो ।
संक्रमण देखिएमा मध्ये उपत्यकाको भक्तपुरमा ११, ललितपुरमा १५ र काठमाण्डौ १२८ जना रहेका छन् ।




















