एजेन्सी – म्यानमारमा सैनिकले कु गरे पछि भएको बिरोध प्रर्दशनका क्रममा हाल सम्म ६०० भन्दा बढीको मृत्यु भएको छ । दैनिक जसो हुने प्रर्दशनमा सैनिकले हस्तक्षेप गरेर प्रर्दशनकारीको हत्या गर्ने गरेको अन्तराष्ट्रिय समाचार एजेन्सीहरुले जनाएको छ ।
म्यानमारमा सैनिक कु विरुद्धमा जारी प्रदर्शनका क्रममा पछिल्लो २४ घण्टामा मात्रै पनि सैनिकहरुले थप ८० जनाको हत्या गरेको छ । म्यानमारको बागो शहरमा भएको प्रदर्शनमा उत्त संख्याका प्रर्दशनकारीलाई सैनिकहरुले हत्या गरेको हो ।
पछिल्लो समय सैनिकहरुले ठुला हतियारको प्रयोग गर्न थालेको छ । सत्ता कायम राख्नका लागि सेनाले बल प्रयोग गरिरहेको छ ।
प्रदर्शन हिंसात्मक बन्दै गइरहेको भन्दै अन्तराष्ट्रिय समुदायले समेत चासो र चिन्ता व्यक्त गरिरहेका छन् ।




















