काठमाण्डौ – आज देशको केही पहाडी भुभागहरुमा वर्षाको सम्भावना रहेको छ ।
पश्चिमी वायुको समेत आंशिक प्रभाव देखिएका कारण केही स्थानमा हल्का वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।
दिउसो केही स्थानमा मेघगर्जन सहित चट्याङ पर्ने र क्षणिक वर्षाको सम्भावना रहेको छ महाशाखाको आज जारी गरेको बुलेटिनमा भनिएको छ । सोमबार सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।




















