काठमाण्डौँ – हालै सम्पन्न नेपाल पत्रकार महासंघको चुनावमा विपुल पोखरेलको प्यानल नै विजयी भएका छन् । गएको बुधबार देशभर भएको मतदानको मत गणना आज मात्र सकिएको हो ।
पोखरेलले देशैभरबाट ६ हजार ९४२ मत पाए संगै उनी बिजयी भएका हुन् । उनका प्रत्यासी निर्मला शर्माले भने ३ हजार ९१५ मत मात्र ल्याउन सफल भएकी थिइन् । स्वतन्त्र उम्मेद्वार गजेन्द्र बुढाथोकीले भने ४९१ मत पाएका छन् ।
सम्पन्न निर्वाचनले वरिष्ठ उपाध्यक्षमा रमेश बिष्ट, महिला उपाध्यक्षमा बाला अधिकारी, समावेशी उपाध्यक्षमा उदय जिएम विजयी निर्वाचित गरेको छ । त्यस्तै गरी महासचिवमा रोशन पुरी र कोषाध्यक्षमा कलेन्द्र सेजुवाल विजयी भएका छन् ।
खुला सचिवमा गोविन्द चौलागाईँ, महिला सचिवमा सिर्जना अर्याल, आदिवासी जनजाति सचिवमा नारायणसुन्दर किलम्बू, मधेसी सचिवमा दीपेन्द्र चौहान, दलित सचिवमा हेमकर्ण विक र एशोसिएट सचिवमा पवन आचार्य विजयी भएका छन् भने लेखासमिति संयोजकमा लेखनाथ न्यौपाने निर्वाचित भएका छन् ।





















