काठमाण्डौं – कोरोना भाइरसको नयाँ प्रजातिको लक्ष्यण पनि नयाँ नै देखिन थालेको छ । दोश्रो लहरको यो कोरोनाले अहिले फेरी विश्वलाई नै आक्रान्त बनाउन सक्ने देखिन थालेको छ ।
नयाँ प्रजातिको कोरोना भाइरसका लक्षणहरु पुरानो भाइरसका भन्दा केही फरक छन् । कोरोना भाइरसको नयाँ प्रजातिले मानव शरीरमा विभिन्न तरिकाले आक्रमण गर्न थालेको छ । यसलाई निकै घातक मानिन थालेको छ ।
नयाँ प्रजातिको कोरोना भाइरसका लक्षणहरु
१) आँखा हल्का रातो हुने : एक अध्ययन अनुसार नयाँ प्रजातिको कोरोना भाइरस लागेको मानिसलाई आँखा हल्का रातो वा गुलाबी हुन्छन् । साथै, संक्रमितको आँखा फुल्ने र आँखाबाट पानी आउने गर्छ ।
२) कानसम्बन्धी समस्या : इन्टरनेशनल जर्नल अफ अडियोलोजीमा प्रकाशित एक प्रतिवेदनका अनुसार नयाँ प्रजातिको कोरोना भाइरसले कानसम्बन्धी समस्या देखिन सक्छ ।
३) पेटसम्बन्धी समस्या देखिने : नयाँ प्रजातिको भाइसरको शिकार बनेका मानिसमा पेटसम्बन्धी समस्या समेत देखिने गरेको छ । संक्रमित मानिसलाई पखाला लाग्ने, उल्टी हुने, पेट दुख्ने र पाचन प्रणालीमा गडबडी हुन्छ ।
४) स्नायुसम्बन्धी समस्या : नयाँ प्रजातिको भाइसरले मानिसको स्नायुमा समस्या समेत देखिन थालेको छ । एक प्रतिवेदनका अनुसार लामो समयसम्म कोरोनाबाट संक्रमित हुने मानिसमा ब्रेन फग अर्थात् मानसिक द्धिविधा देखिन्छ । यस प्रकारको समस्याले संक्रमित मानिसको निन्द्रा र स्मरणशक्तिमा समेत प्रभाव पर्छ ।
५) मुटुको धडकन असामान्य हुने : संक्रमणपछि मानिसमा यसले मुटुको धडकन निकै बढाइदिने गरेका कारणमुटुसम्बन्धी समस्या देखिन सक्छ । साथै, ६० प्रतिशत मानिसमा मुटुको मांशपेशी दुख्ने तथा पोल्ने गर्छ ।




















