एजेन्सी – भारतमा एकैदिन १ लाख ४५ हजार भन्दा बढीमा संक्रमित देखिएका छन् । कोरोना संक्रमणको दोस्रो लहर सामना गरिरहेको भारतमा दिनदिनै संक्रमितहरुको संख्या बढ्न थालेको छ ।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ लाख ४५ हजार ३८४ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमणकै कारण पछिल्लो २४ घण्टामा भारतमा ७९४ जनाको मृत्यु समेत भई सकेको छ ।
यो संगै भारतमा संक्रमितहरुको कुल संख्या १ करोड ३२ लाख ५ हजार ९२६ पुगेको छ । भारतमा अहिले १० लाख ४६ हजार ६३१ सक्रिय संक्रमित रहेका छन् । संक्रमणबाट हालसम्म १ लाख ६८ हजार ४३६ जनाको मृत्यु भएको छ ।


