काठमाण्डौ – एमाले नेतृत्वको सरकारमा रहेका ४ जना माओवादी केन्द्रका सांसदहरुको पद गुमेको छ ।
प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले अर्घाखाँचीका टोपबहादुर रायमाझी, कैलाली ४ का लेखराज भट्ट, रौतहट ३ का प्रभु साह र कैलाली ३ का गौरीशंकर चौधरीको सांसद पद रिक्त भएको जानकारी गराएका हुन् ।
उनीहरु २०७४ सालको चुनावमा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए । पछिल्लो पटक उनीहरु नेकपा एमालेमा प्रवेश गरेका थिए । उनीहरुले सर्वोच्चको फैसलाबाट नेकपा साविकको अवस्थामा फर्किए पनि नेकपा एमालेमै बस्ने निर्णय लिएका थिए ।
माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सोमबार संसद सचिवालयलाई पत्र पठाएर पार्टी परित्याग गरेको ४ जना सांसदहरुलाई कारबाही गरेको जानकारी दिएका थिए । राजनीतिक दलसम्बन्धी ऐनअनुसार दल परित्याग गरेका सांसद पदमुक्त हुन्छन् ।


