काठमाण्डौँ – विश्वभर चलचित्र छायाँकनकालागि नेपाल उत्कृठ स्थान भएको भन्दै इन्साइडर म्यागजिनले सूचिकृत गरेको ५ ।
म्यागजिनले हलिउड सुटिङलाई योग्य साना मुलुकको सूची तयार पार्दा नेपालसहित जर्जिया, श्रीलंका, ट्रिनिडाड एन्ड टोबागो, क्रोएसिया समेत समावेश गरेको छ ।
म्यागजिन सम्पादक डेभिड सिनसेजले हिमाल, राष्ट्रिय निकुञ्ज, पार्क, तालतलैया, वास्तुकला, मुस्ताङी ल्यान्डस्केप, पोखरेली विविधता नेपालका लागि आकर्षक गन्तव्य भएको उल्लेख गरेको छ ।
नेपाली सँस्कृति र भौगोलिक विविधताका साथै नेपालीहरुको आतिथ्य कारण पनि फिल्म छायांकन अझै सजिलो हुने उल्लेख म्यागजिनमा लेखिएको छ ।
नेपालले एलजीबीटीआइक्यूलाई समानता प्रदान गरेर मानव अधिकार र प्रगतिमा पाइला चालेको उल्लेख गर्दै म्यागजिनले स्वतन्त्रताका साथ फिल्म छायांकन गर्न अनुरोध गरेको छ । ‘नेपालमा छायांकन गर्नको लागि हामी सुझाव दिन्छौं’ म्यागजिनले लेखेको छ ।
चलचित्र विकास बोर्डका अनुसार अहिलेसम्म ३१ विदेशी फिल्म नेपालमा छायांकन भएका छन् । जसमध्ये हलिउडको डक्टर स्ट्रेन्ज र एभरेस्ट थ्रीडी ठूला फिल्म हुन् ।




















