जनकपुर – यस बर्षको महामूर्खको उपाधी नेपालका चर्चित हाँस्य कलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य जोडीलाई प्रदान गरिएको छ ।
होली पर्वको अवसरमा जनकपुरधाममा आयोजित होली महोत्सव तथा महामूर्ख सम्मेलनमा कलाकार श्रेष्ठ र आचार्यलाई प्रदान गरिएको हो ।
दुवै कलाकारलाई आजै जनकपुरमा प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले महामुर्खको उपाधी प्रदान गरेका थिए । मिथिला नाटय कला परिषदको आयोजनामा होली पर्वमा जानकी मन्दिर परिसरमा प्रत्येक वर्ष महामुर्ख सम्मेलनको आयोजना हुदै आएको छ ।
त्यसैगरि, कवि शिरोमणिको उपाधी प्रदेश २ का भौतिक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनललाई प्रदान गरिएको छ । जनता समाजवादी पार्टीका नेता शेषनारायण यादवलाई चोन्हमा, जनकपुरधाम उपमहानगरपालिका ४ का वडाअध्यक्ष सुदर्शन सिंहलाई वैशाखन्द, जसपा नेता राजिव झालाई वंश कुरहैर पदवी दिइएको छ ।
त्यसैगरि जसपा नेतृ विन्दु ठाकुरलाई खुपसुरती, नेपाल शिक्षक संघका प्रदेश २ अध्यक्ष मेघनाथ यादवलाई चौपटानन्द, चित्रकार एससी सुमनलाई तरघुसका, स्वच्छता अभियानी सुरेश शर्मालाई हराशंख, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अधिकृत सुजित झालाई सिलौटानन्द, साहित्यकार एवं गीतकार अशोक दत्तलाई वोतलानन्द, मोडेल क्याम्पसका सञ्चालक वीरेन्द्र साहलाई लोढाशंकर, कराँतेका प्रशिक्षक वीरेन्द्र कर्णलाई बज्रकिट र मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीलाई पटमूर्ख, नेपाल पत्रकार महासंघका पूर्वकोषाध्यक्ष शीतल साहलाई ढोरबाको उपाधि प्रदान गरिएको छ ।
मिनापले ०६१ सालबाट जनकपुरधाममा महामूर्ख सम्मेलन गर्दै आएको छ ।




















