काठमाण्डौ – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज थप १४१ जनामा संक्रमण पुष्टि भएको छ ।
देशको विभिन्न प्रयोगशालामा गरिएको ३ हजार १२२ जनाको स्वाब परिक्षणमा मङ्गगबार थप १४१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो । यो संगै नेपालमा संक्रमितहरुको संख्या २ लाख ७६ हजार ९८० पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ८२ जनाले कोरोना जिते संगै संक्रमणबाट निको हुनेको संख्या २ लाख ७२ हजार ६१२ पुगेको छ ।


