काठमाण्डौ – सरकारले भोली (मङ्गलबार)देखि लागु हुने गरी देशैभरका शिक्षण संस्था ४ दिनकालागि बन्द गर्ने निर्णय गरेको छ ।
बढ्दो वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका विद्यालय ४ दिनकालागि बन्द गर्ने निर्णय गरेको हो ।
गएको शुक्रबारदेखि उपत्यकासहित देशका अधिकाश स्थानमा वायु प्रदूषण निकै बढेको छ ।





















