बागलुङ – बागलुङको दर्लिङमा होली खेल्ने क्रममा युवाहरु बिच भएको झडपमा परी २ जनाको मृत्यु भएको छ भने केही मानिस अझै सम्र्पक बिहिन भएका छन् ।
बागलुङको बडिगाड गाउँपालिका १० दर्लिङ र प्युठान जिल्लाको सिमानामा लागेको होली मेलामा युवाहरुको २ समूहबीच भएको झडपमा परी प्रकाश कुँबर र दिपक दमाइको मृत्यु भएको बाग्लुङ प्रहरीले पुष्टी गरेको छ । हिजै देखी हराएको दर्जन मानिस मध्ये केही सम्र्पकमा आएको र केही अझै सम्र्पक बिहिन भएकाले स्थानिय र प्रहरीले खोजी जारी राखेको छ ।
मृत्तक दुवैको शव बल्देधुरी भीरबाट ५०० मिटर तल भेटिएको प्रहरीले जनाएको छ । मृत्तक दुवैलाई भिरबाट खसालिएकाे भिडीयाे अहिले सामाजिक सञ्जालमा भाईरल भएकाे छ ।
गुल्मी, बागलुङ र प्युठानको सिमाना बल्देधुरीमा होली मनाउन गएका युवाबीच झडप भएको हो । सो स्थानमा करिव ६०० युवाहरु जम्मा भएको अनुमान गरिएको छ । झडपको कारण खुलेको छैन ।




















