साँकेतिक तस्विर
काठमाण्डौं – होली खेल्दै डेरी पुगेका समूहले पानी माग्दा एसिड दिदा ३ जना घाईते भएका छन् ।
शंखरापुर नगरपालिका १ मा होली खेल्ने क्रममा युवाहरुको समूह डेरीमा पुगेको र पानी माग्दा एसिड परे पछि पानी भनेर छ्यापेको एसिडले लागेर ९, ११ र १६ वर्षका बालबालिका घाइते भएका हुन् ।
प्रहरीका अनुसार डेरीमा दुधको फ्याट नाप्न प्रयोग हुने एसिड ग्यालिनमा थियो । होली खेल्दै डेरीमा पुगेका युवाहरुले पानी माग्दा ग्यालिनमा भएको एसिड दिएको हुन सक्ने अनुमान गरिएको छ ।
उनीहरुको अनुहार र हातमा एसिड परेको छ । सबैको सुस्मा कोइराला मेमोरियल अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी परिसर काठमाण्डौंले जनाएको छ ।
घटनामा संलग्न भएको आरोपमा प्रहरीले १७ वर्षका पवन पहाडी र १८ वर्षका आकास तामाङलाई पक्राउ गरेको छ ।




















