काठमाण्डौं – चीन सरकारले अनुदानमा उपलब्ध गराएको ८ लाख डोज कोरोना बिरुद्वको खोप काठमाण्डौं आइपुगेको छ ।
खोप नेपाल बायुसेवा निगमको वाइडबडी जहाज मार्फत आजै विहान ८ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको हो ।
खोप बुझन त्रिभुवन विमानस्थलमा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी पुगेका थिए । उत्त खोप अबको केही दिनमा प्रयोगमा आउने स्वास्थ्य मन्त्री त्रिपाठीले बताए ।
विश्व स्वास्थ्य सङ्गठन ‘डब्लुएचओ’ले चीनको खोपलाई आकस्मिक प्रयोगका लागि अनुमति दिएपछि खोप राजधानी आइपुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
आइतबारसम्म नेपालमा १७ लाख ९० हजार १ सय २५ जनाले कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा लगाएका छन । पहिलो मात्रा खोप लगाएकाहरूलाई आगामी वैशाख ७ देखि ११ गतेसम्म दोस्रो मात्रा दिने तयारी छ ।




















