काठमाण्डौं – केही दिन देखी देशैभर देखिएको तुवालो फाट्न अझै केही दिन लाग्ने भएको छ । नेपालको आकाशमा तुवाँलोको मुख्य कारण डढेलो भएको भन्दै भोली देखी पश्चिमी बायु सक्रिय हुने भएका कारण मौषममा सुधार आउने मौसमविद् प्रतिभा मानन्धरले बताइन् ।
पछिल्लो समय नेपाल तथा भारतको केही स्थानमा लागेको डढेलोको कारण प्रदूषणको कण वायुमण्डलमा नै जम्मा भएकाले धेरैजसो स्थानमा प्रदूषण बढ्न गई तुवाँलो देखिएको मौषम बिद मानन्धरले जानकारी दिए ।
तुवाँलो हट्नका लागि वायुको वेग बढ्नुका साथै वर्षा हुनुपर्ने भन्दै मङ्गबार अपरान्हपछि पश्चिमी वायु सक्रिय हुने देखिएको र बर्षा पनि हुन सक्ने भएकोले मौषममा सुधार आउने बताईन ।
आजै दिउँसो प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशको पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।




















