काठमाण्डौँ – नोवल कोरोना भाइरस (कोभिड–१९)बाट आज नेपालमा थप ८९ जनामा संक्रमण पुष्टि भएको छ ।
देशको विभिन्न प्रयोगशालामा गरिएको स्वाब परिक्षणका क्रममा थप ८९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो । योसंगै नेपालमा संक्रमितहरुको संख्या २ लाख ७६ हजार ८३९ जना पुगेको छ ।
विभिन्न ल्यावमा गरिएको २ हजार १०१ जनाको नमुना परीक्षणमा ८९ जना संक्रण फेला परेको हो ।
आज संक्रमित देखिएका मध्ये भक्तपुरमा ६ जना, ललितपुरमा ७ जना र काठमाण्डौँमा ५२ गरी ६५ जना नयाँ संक्रमित फेला परेका छन् ।




















