काठमाण्डौं – प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच आज भेटवार्ता भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सभामुख सापकोटाले प्रधानमन्त्री ओलीलाई भेटेका हुन् ।प्रतिनिधिसभा पुनःर्स्थापना भएपछि उनीहरुबीच पहिलो पटक भेटवार्ता भएको हो ।
उनीहरुबीच संसद प्रभावकारी ढंगले अगाडि बढाउने विषयमा छलफल भएको सभामुखको सचिवालयले जानकारी दिएको छ । साथै सार्वजनिक महत्वका विधेयकलाई अगाडि बढाउने विषयमा पनि उनीहरुबीच छलफल भएको बताइएको छ ।
पछिल्लो समय सभामुख सापकोटा संसद संचालन प्रक्रियामा सहयोगी नबनेको प्रधानमन्त्री ओलीले आरोप लगाउँदै आएका छन् ।




















