×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ६ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ८ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

अनलाइन फार्मेसी बन्द गर्न सरकारको निर्देशन

  •  गोरखा समाचार
  • शुक्रबार, चैत १३, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाण्डौं – सरकारले अनलाइन फार्मेसी सञ्चालनमाथि रोक लगाएको छ । औषधि व्यवस्था विभागले गैरकानूनी रुपमा सञ्चालनमा रहेको भन्दै अनलाइनबाट हुने औषधिको खरिद बिक्री बन्द गर्न निर्देशन दिएको हो ।

    विभागले सूचना जारी गर्दै हालसम्म अनलाइन फार्मेसी सञ्चालन गर्ने गरी विभागबाट कुनै पनि संस्थाले अनुमति नपाएको स्पष्ट पारेको छ । ‘त्यस्ता अनलाइन फार्मेसीमार्फत औषधिहरुको बारेमा भ्रमात्मक प्रचार प्रसार गरी औषधीको मूल्यमा छुट लगायतका प्रलोभन देखाई बिक्री वितरण गर्ने कार्य भइरहेको पाइएको छ,’ विभागको सूचनामा भनिएको छ ।

    त्यस्ता औषधिहरुको सुरक्षितता, गुणस्तर र प्रभावकारिता सम्बन्धमा सम्बन्धित उपभोक्ता आफैं जिम्मेवार हुनुपर्ने भन्दै विभागले अनलाइन फार्मेसीबाट औषधिहरु खरिद गरी प्रयोग तथा सेवन नगर्न, नगराउनुहुन सबै सर्वसाधारण बिरामीहरुलाई सचेत समेत गराएको छ ।

    विभागले यस्ता कार्यहरु औषधि ऐन २०३५ को विरुद्ध हुने उल्लेख गर्दै त्यस्ता कार्य नगर्न, नगराउन सम्बन्धित सरोकारवालालाई जानकारीका लागि सूचना प्रकाशित गरेको हो । ‘अन्यथा पाइएमा नियमानुसार कारबाही हुने व्यहोरा समेत सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ,’ विभागले चेतावनी दिँदै भनेको छ ।

    औषधि ऐन २०३५ को दफा १९ मा औषधिको झुट्टा वा भ्रमात्मक प्रचार गर्न नहुने कानूनी व्यवस्था रहेको छ । हाल सामाजिक सञ्जाल, पत्रपत्रिका, अनलाइन लगायतका माध्यममा अनलाइन फार्मेसीको नाममा भारी छूट सुविधा उल्लेख गर्दै प्रचार प्रसार हुन थालेपछि विभागले त्यसप्रति आफ्नो ध्यानाकर्षण जनाएको छ ।

    सामाजिक सञ्जाल वा पत्रपत्रिकाहरुमा औषधिहरुको विज्ञापन गर्नुपूर्व औषधि ऐनको दफा १९ अनुसार विभागबाट पूर्व स्वीकृति लिनुपर्ने हुन्छ । त्यसै अनुसार विभागले अर्को व्यवस्था नहुञ्जेल सम्मका लागि अनुमतिबिना सञ्चालनमा रहेका सबै अनलाइन फार्मेसी तत्काल बन्द गर्न भनेको छ ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    शुक्रबार, चैत १३, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.