पोखरा – गण्डकी प्रदेशको ३ जिल्लामा आज थप २९ जनामा संक्रमण पुष्टी भएको छ ।
पोखरामा रहेको क्षयरोग उपचार केन्द्र र लाइफ केयर अस्पतालमा गरिएको स्वाब परिक्षणका क्रममा थप २९ जनामा कोरोना संक्रमण पुष्टी भएको प्रदेश स्वास्थ्य निर्देशनालयले पुष्टी गरेको हो । यो संगै गण्डकी प्रदेशमा संक्रमितहरुको संख्या १६ हजार ४८० पुगेको छ ।
निर्देशनालयले शुक्रबार जारी गरेको विज्ञप्ति अनुसार कास्कीको पोखरामा मात्रै २६ जनामा संक्रमण देखिएको छ । त्यस्तै गरी तनहुँमा २ जना र म्याग्दीमा १ जनामा संक्रमण देखिएको छ ।
संक्रमण देखिएका मध्ये ८ जना महिला र २१ जना पुरुष रहेका छन् । संक्रमित मध्ये आज सम्म १५ हजार ९९८ जनाले कोरोना जितेर घर फर्किएको निर्देशनाले जनाएको छ ।
कोरोना संक्रमणका कारण गण्डकी प्रदेशका विभिन्न जिल्लामा गरी हाल सम्म २०५ जनाको मृत्यु भएको छ ।




