काठमाण्डौं – नोवल कोरोना भाइरस (कोभिड–१९)का कारण आज नेपालमा थप १५६ जनामा संक्रमण पुष्टी भएको छ ।
देशको विभिन्न प्रयोगशालामा गरिएको ४ हजार ४१६ जनाको स्वाव परिक्षणका क्रममा थप १५६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो । यससँगै नेपालमा संक्रमितहरुको संख्या २ लाख ७६ हजार ६६५ पुगेको छ ।
थप ४ जनाको मृत्यु
कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा थप ४ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा संक्रमण पछि मृत्यु हुनेको संख्या ३ हजार २४ पुगेको छ ।




















